काठमाडौँ। अनेरास्ववियूकी नेता पञ्चा सिंहले लिम्पियाधुरा सीमा बेचियो या मिचियो यसको बारेमा जवाफ दिन सरकारसँग माग गरेकी छन्।
नेपाल-भारतबीचको सीमा विवाद चलिरहेकै अवस्थामा भारतले एकतर्फी रुपमा सकड निमार्ण गरेपछि नेपालमा भारतविरुद्ध चर्को विरोध भइरहेको छ। यसै सन्दर्भमा नेता सिंहले भारतको सामू नेपाल सरकार लम्पसार परेकै हो ? भनेर प्रश्नसमेत गरेकी छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जनतालाई झुक्याउनुको पनि हद हुन्छ। कहाँ हरायो नक्सा सार्वजनिक गर्ने कुटनैतिक पहल ? भूमि फिर्ता गर्ने प्रतिवद्धता ? दिनदहाडै नेपाली जमिन लुटपाट र दादागिरी सहन पर्ने बाध्यता के का लागि ?
नेता सिंहले नेपालको सीनामा बेचिएको हो कि मिचिएको हो भन्दै प्रश्न गरेकी छन्। उनले अगाडि लेखेकी छन्, ‘सीमा बेचेको कि मिचेको हो, अब जवाफ चाहिन्छ। हाम्रो स्वाभिमान ,राष्ट्र राष्ट्रियता प्राणभन्दा प्यारो छ। सक्छौ बिलम्ब नगरी कुटनैतिक पहल गर, नेपाली भूमि फिर्ता गर। भारतीय दादागिरी बन्द गर। सक्दैनौं झुठको खेति बन्द गर। जनता नझुक्याउ जवाफ जनताले आफै खोज्ने छन्।’