थप ७ जनामा कोरोना, संक्रमितको संख्या १०९ पुग्यो



 

काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन्।

यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।