भारतसामु नेपाल सरकार लम्पसार बन्यो: रन्जित तामाङ



काठमाडौं। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले लिम्पियाधूराको विषयमा सरकारले झुट बोलेको आरोप लगाएका छन्।

शुक्रबार भारत सरकारले धार्चुलादेखी चिनको मानसरोवरसम्म जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा भारतको चर्को बिरोध भएको छ।

यश सन्दर्भमा नेता तामाङले सरकार नै नेपाली भूमिका बारेमा झुट बोलिरहेको स्पष्ट पारेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “नेपाल सरकाले नेपाली जनतालाई झुट बाेल्याे, हामीलाई ढाट्याे। केही समय अघि भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सयाे हेक्टर नेपाली भुमि अतिक्रमण गरेकाबेला सर्वदलीय सहमतिसहित नेपाल सरकारले भारतीय सासकहरुसंग कुटनीतिक पहल गरेर समस्या समाधान गर्ने र नेपाली भुमि फिर्ता गर्ने भन्याे।

तर, हामीलाई सरकारले झुट बाेलेकाे याे प्रमाण हाे। जाे भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग खोलेको छ। नेपाल सरकारले यतिसम्म लम्पसार चरित्र देखायाे कि देशका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री स्थलगत अनुगमनमा गए भनियाे तर दुखकाे कुरा हेलिकप्टरमा सहेर गरेर फर्किए।”

उनले अगाडि लेखेका छन्, “देश बचाउन युगले बलभद्र,भक्ति थापा र अमरसिंह थापा फेरि खाेज्याे, जागाै युवा, लागाै युवा! भारतीय बिस्तारवादकाे शशक्त बिराेध गरौं।”