काठमाडौं। शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदी सरकारले नेपाली भूमी लिपुलेकहुँदै चीनको मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गर्यो।
नेपालको लिम्पियाधूरा क्षेत्रमा भारतले एकतर्फी दादागिरी मच्चाई रहेको छ। यसै सन्दर्भमा अनेरास्ववियूका केन्द्रीय सदस्य नेत्र मैनालीले निरन्तरको भारतीय हस्तक्षेप र नेपाल सरकारको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले कतै खोक्रो राष्ट्रवादको कारण त यो हुँदै छैन ? भनेर प्रश्न गरेका छन्।
शुक्रबार सामाजिक संजाल फेशबुकमा लेखेका छन्, “हामी लेखिरहन्छौ, बोलिरहन्छौ। तर उ हेपिरहन्छ, चेपिरहन्छ अनि मिचिरहन्छ आखिर किन कहिलेसम्म?? त्यो दिनसम्म जबसम्म हामी खोक्रो राष्ट्रवादको आडम्बर पालिरहन्छौ, अरुलाई गाली गरिरहन्छौ, हाम्रो देशको तरकारी कुहिन्छ, बिस्तारबादिको भित्र्याइन्छ, इन्डियाको राजदुत भेट्न् हाम्रा पुर्ब प्रधानमन्त्री अनि उच्चपदस्त ब्यक्तिहरु बुर्कुसी मारेर दर्शन गर्न जान्छन्।”
उनले अगाडि लेखेका छन्, “हामीलाई मन्त्री नपाउदा, प्रधानमन्त्री नपाउदा आफ्नै मुलुककै बिरुद्ध उसैलाई बुइ चढायर आफ्नै विरुद्ध खनिन्छन। उसको योजनामा उसैको तलुवा चाटदै आफ्नै देशको स्वाधीन र स्वाभिमानमाथी प्रहार गर्छन्। अनि हामी नहेपिय को हेपिन्छ ? कति विस्तारवाद , विस्तारवाद भन्दै कराउने ? त्यही भयर म भन्छु अब मात्र रोइलो गर्ने कुराले केहि हुदैन सबै विस्तारवादका लाल गद्दारहरुलाई सखाप बनाउ। हामी बोल्छौ मात्र आखिर कहिलेसम्म ? हामी किन स्वाभिमान र स्वाधीनताको जेहाद छोडन सकिरहेका छैनौं? के हाम्रो राष्ट्रवाद खोक्रो, ढुलमुले हो वा देखाउटी हो ?’
‘यदि होइन भने हामीलाई कुन चिजले बाध्यो, कुन चिजले छेक्यो सुनिदैछ हाम्रो सिमानाभित्र उसले बाटो बनाउदैछ हामी मात्र भनिरहेका छौं। विस्तारवाद मुर्दावाद। किन कि हाम्रो भूगोल मिच्ने उसको धर्म मुर्दावाद भन्ने हाम्रो धर्म सोचौं। केही सोचौं कतै हामी हाम्रैबाट ठूलो धोका खाइरहेका त छैनौं ? यदि यस्तो हो भने किन हाम्रा हातहरु बधिएका छन् ? किन उठदैनन यी हातहरु ? अनि किन लगाइदैन निशानहरु? कि हामी आफै विस्तारवादका नवजात शिशुका हुर्किदैछौ ? वा उसले हुर्काइरहेको छ ? प्रश्न अनगिन्ती छन। अब केही गर्नुछ। केही सोच्नु छ। मात्र निशान ! मात्र निशान ! जय स्वाभिमान’ उनले लेखेका छन्।