दुई तिहाईको सरकारले दुई कौडीको पनि काम गर्न सकने: राजेन्द्र महतो



काठमाडौँ। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गर्न कसकेको आरोप लगाएका छन्।

वेजेट अधिवेशनका लागि बोलाइएको प्रतिनिधि सभाको पहिलो दिन शुक्रबार आफ्नो मन्तव्य राख्नेने क्रममा नेता महतोले यस्तो आरोप लगाएका हुन्। उनले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको समेत दाबी गरे।

सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको उनको भनाई थियो। उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए।