नमो क्षेत्रपाल हेल्थ होमका सञ्चालकद्वारा १६ सय मास्क वितरण



काठमाडौँ। नमो क्षेत्रपाल हेल्थ होम काठमाडौँका सञ्चालकहरुले १६ सय मास्क वितरण गरेका छन्।

उक्त अस्पतालका सञ्चालक ममता रानभाट, रविन खत्री र समिता केसीको संयुक्त टोलीले १६ सय मास्क वितरण गरेको हो। उपत्यकाका विभिन्न प्रहरी चौकीमा पुगेर उक्त मात्राको मास्क निशुल्क विततरण गरिएको समिता केसीले बताईन।

केसीका अनुसार जनसेवा न्युरोड, सोह्रखुट्टे, स्वयम्भू, बालाजु हाइट, महाराजगंज, अनामनगर प्रहरी प्रभाग र बनस्थली प्रहरी चौकीमा मास्क वितरण गरिएको हो।

यस हेल्थ होमले यहाँभन्दा पहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आइरहेको छ।

साथै पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन (टाउको दुख्ने), बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर, नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवा गर्दै आएको छ।