प्रहरी र चिनियाँ नागरिकबीच सिंहदरवार अगाडि झडप



काठमाडौं। स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडिम धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

विना जानकारी लकडाउनको उलंघन गरेर निषेधित क्षेत्र तोडेपछि प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए। ३३ जनै चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन्।