२०४६ सालको जनआन्दोलनमा हामीलाई चाहिएको प्रजातान्त्रिक शासन ब्यवस्था मात्र हो भनिएको थियो। नेपालको राजसस्थाका विरुद्ध त्यो आन्दोलन लक्षित थियो।
राजा वीरेन्द्र जसले २०३६ सालमा कुन ब्यवस्था चाहन्छौ ? भनेर आफै जनमत संग्रह गराए थिए। उनका लागि जनताले चाहेको ब्यवस्था दिनलाई कुनै असहज विषय थिएन।
२०४६ सालको आन्दोलनले स्थापना गरेको प्रजातन्त्रका विरुद्ध २०५२ सालमा माओवादिका नामबाट दिल्लिमा हेड्क्वाटर राखेर जनयुद्ध नामको हिंसा नेपालमा कसले किन गराए ? यस विषयमा बहस गर्ने आँट नेपालमा कसैले पनि किन गर्न सक्दैनन् ? माओवादी युद्धकै समयमा नेपालको राजदरवारमा बसेका राजा र राजपरिवारको रहस्यमय तरिकाले हत्या कसले किन गराए ? यस विषयमा बोल्ने आँट नेपालका साशकहरु र प्रसाशकहरुले किन गर्दैनन् ?
मदन भन्डारीका हत्यारालाई हामीले चिनेका छौं। हामी सत्तामा आयौं भने हत्यारालाई जनताका सामु उभ्याउछौं भन्ने पार्टिकै नेता दुई पटक राष्ट्रपति हुनु भयो र त्यही पार्टीका तीन जना प्रधानमन्त्री भए। मदन भन्डारीका हत्यारालाई सार्वजनिक गर्न किन सकेनन्? अहिले त झन नेकपाको एकलौटी सरकार चल्दैछ। राजपरिवारलगायत मदन भन्डारीका हत्यराहरुको खोजी गर्न यो सरकार किन सक्दैन?
माओवादी युद्धलाई जातीय युद्धका रूपमा दुरुपयोग गर्नका लागि गरिएका प्रयास सफल हुन नसक्दा शान्तिवार्ताका नाममा दिल्लिमै १२ बुँदे सम्झौता गरेर नेपालको राजनीतिलाई फरक मोड्मा लैजानका लागि प्रत्यक्ष रूपमा बिदेशीले भूमिका खेलेको जगजाहेर भएकै विषय हो। त्यो राष्ट्रघाती अभियानमा नेपालका सबै राजनीतिक पार्टीका नेताहरु सम्लग्न हुनुलाई सामान्य रुपमा कसरी बुझ्ने ?
यस्तै तमाम राजनीतिक घटनालाई अध्यन गर्दा नेपालको सत्ता सञ्चालन पर्दा पछाडिबाट बिदेशी खुफिया एजेन्शिले गरेका छन्। यस्ता क्रियाकलापमाथि शंका गर्ने र होसियारी गर्नुपर्छ। यस कारण मैले भन्ने गरेकोछु।
संबिधानसभाको मात्र माग गरेकाहौँ भन्ने माओवादीहरुले संबिधानसभाको पहिलो चुनावताका जातीय राज्य बाँट्ने काम किन गरे? यस बारेमा बहस गर्न सक्ने नेपालमा कसैको पनि हुति र बुद्धि देखिएन किन ? किन कि नेपाली जनताले बाहेक नेपालका सबै ठालुहरुले बिदेशीको पैसा खाएका थिए।
बिदेशीका मुद्धाहरुलाई समेट्दै संबिधान पनि जेनतेन बन्यो र दलालहरुले बनाए। अहिले कार्यान्वयनको चरणमा छ भनिएकोछ। त्यसपछि के भयो ? होली वाईनका नामले चर्तित कृसियन सम्मेलन नेपालमा किन गराईयो ? सबै संघीय सरकार प्रमुख र कथित सभासदसमेतको सहभागितामा सम्पन्न किन गरियो ? यस बारेमा निकै विवाद गरियो। तर, विस्तारै सेलाउँदै किन गयो ?
भारतको दवाबमा नेपाल सरकारलाई मुस्लिम सम्मेलन नगर्न अनुरोध गरिएको थियो। नेपाल सरकारले पनि नेपालको मुस्लिम आयोगलाई जो सम्मेलनको आयोजक थियो उसलाई सम्मेलन नगर्न पनि भन्यो। आयोजकले संस्था मुस्लिम आयोगले गृहमन्त्रीसँग खुसामत गर्दै सप्तरिमा कार्यक्रमको आयोजना गरि छाड्यो। त्यो कसरी सम्भव भयो ? यस बिषयमा नेपालमा बहस किन हुँदैन ?
भारतले आफ्ना देशका मुस्लिम बाहेक अरु देशका मुस्लिमलाई सहभागिता नगराउनु भनिएको भएपनि साउदी पाकिस्तानलगायतका मुस्लिम देशका २ लाख ५० हजार मुस्लिम सप्तरिमा जम्मागरि सम्मेलन किन गराईयो ?
यहीबीचमा भारतको बाटो हुँदै नेपालमा म्यानमारका रोहिंग्या मुसलमान समेत छिराईएकोछ। यस विषयमा नेपाल सरकारको चासो र कुनै प्रकारको चिन्ता किन किन देखिँदैन ?
कोरोना भाइरसको कहरसँगै नेपालबाट मुस्लिम समुदायहरुका केही ब्यक्तिहरुलाई भारतमा कोरोना भाईरस फैलाउन लागि परेको समाचार भारतीय संचार माध्यमले प्रचार प्रसार गर्ने काम गरे। त्यो के आधारमा गरिएको थियो ? यस बारेमा नेपालको सत्ता र साशकले किन बोल्दैनन्? यसरी कोरोनाको कहरमा धार्मिक हिंसा र असहिष्णुताको सम्भावना हुनुसक्छ। यसतर्फ सरकार र शासकको गम्भीर ध्यान जानुपर्छ।
यस्ता संदिग्ध काम कारबाही हुँदैगर्दा नेपालगञ्जमा कोरोना भाईरसबाट संक्रमितको संख्या ह्वात्तै बढेका बेला राज्यले कर्फ्यु लगायो।
त्यो कर्फ्युलाई अवज्ञा गर्दै सुरक्षाकर्मिहरु माथी ढुङ्गामुढा गर्ने काम किन गरियो ? कसले गरायो ? यस्ता घटनाका पछाडी अर्कै कुनै खेल त छैन? यस बिषयमा नेपालमा बहस गर्ने नैतिक र राजनीतिक बल कसैले पनि किन राख्न सक्दैनन् ?
मलाई लाग्छ नेपाल राष्ट्रलाई कोरोना भाईरसको कहरमा फसेका बेला त्योसंगै जातीय यात धार्मिक लढाई गराउने बिदेशीको डिजाईन त छैन ? संसय पैदा गरेकोछ। यस्ता विषयमा राज्यका सुरक्षा अंगका प्रमुखहरु कत्तिको जिम्मेवार छन् ? म सोध्न चाहन्छु।
(लेखक पत्रकार एवं राजनीतिक विश्लेषक हुन्)