अमेरिकामा कोरोनाबाट ७५ हजारको मृत्यु, साढे १२ लाख संक्रमित



काठमाडौँ। अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७५ हजार छ सय ४९ जनाको मृत्यु भएको छ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन्। न्युयोर्कमा मात्रै २६ हजार एक सय ४४ जनाको मृत्यु भएको छ। त्यस्तै न्युजर्सीमा आठ हजार आठ सय ७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक उल्लेख छ।

अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या १२ लाख ५६ हजार सात सय ८१ पुगेको छ। जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्। अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो।