काठमाडौँ। भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या ५६ हजार तीन सय ४२ पुगेको छ।
गत २४ घण्टामा तीन हजार तीन सय ९० जना नयाँ संक्रमित थपिएका छन्। गत २४ घण्टामा भारतमा एक हजार दुई सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १६ हजार पाँच सय ३९ पुगेको छ।