‘सरकारको ध्यान सत्ता होइन, कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्छ’



काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाहले सरकार कोरोना परिक्षणमा गम्भीर नभएको आरोप लगाएका छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता शाहले भने, ‘कोरोनाको सम्भावित जोखिमबाट बच्ने बन्दाबन्दी एक उपाए हो। तर, लकडाउन समाधान होइन। कोरोनाविरुद्धको सबैभन्दा ठूलो हतियार बन्दाबन्दीनै हो। यसमा कसैको पनि दुई मत छैन। बन्दाबन्दी लम्ब्याउदै जाने तर, परिक्षणको दायरा फराकिलो नबनाउने हो भने बन्दाबन्दी गर्नुको औचित्य रहँदैन।’

उनले अगाडि भने, ‘बन्दाबन्दीको मुख्य उद्देश्य भनेको कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको पहिचान गरेर उक्त व्यक्तिहरुलाई हस्पिटलसम्म लगेर समाजमा कोरोना भाइरस संक्रमन हुन नदिनु हो। तर, नेपालका दुर्गम गाउँहरुमा ज्वरो नाप्ने थर्मल गनसम्म छैन। ज्वरो नाप्ने थर्मल गन नभएको ठाउँमा स्वास्थकर्मीका लागि पिपिई त झन कहाँबाट पुग्थ्यो ? कोरोना परिक्षणमा चाहिने किटहरुको अभाव भएका खबर हामी दैनिक सुन्दै आएका छौं।’

कोरोनाको कहरमा पनि सरकार सत्ताको फोहोरी खेल खेलि रहेको भन्दै चर्को आलोचना गरेका छन्। उनले भने, ‘सम्पूर्ण नेपालीहरुलाई एकसाथ लिएर महामारीविरुद्ध लड्नुपर्ने बेलामा नेकपाको सरकार आफैमा जुधि रहेको छ। जनतालाई घरभित्र थुनेर आफू सडकमा सत्तामा खेल खेलिरहेको छ। स्वास्थ्य सामग्री खरिद गर्ने, विदेशमा अलपत्र नागरिकहरुको बारेमा सोच्ने सरकारसँग फुर्सद नै छैन। सरकारको ध्यान सत्तातिर होइन, कोरोना नियन्त्रणतिर जानुपर्छ।’