काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार हिंसा र आतंक मच्चाउने खेलमा लोगेको आरोप लगाएका छन्।
आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही) लाई पक्राउ गरिएको विरोधमा बुधबार एक विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन्। चितवनमा उपचाररत अवस्थामा रहेका बेला मंगलबार उनी पक्राउ परेका थिए।
कोरोना महामारीलाई मध्यजनर गरि स्थगित गरिएको कारबाहीलाई बेवस्ता विरहीलाई पक्राउ गरिनुले ओली सरकारले हिंसा र आतंक मच्चाउन खोजिएको विप्लवले बताएका छन्।
विप्लवले उनको पक्राउप्रति भत्र्सना गर्दै विना सर्त रिहा गर्न माग चेतावनी दिए। ओली सरकारको प्रतिवाद गर्न विप्लवले कार्यकर्तालाई निर्देशन पनि दिए।