नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुग्यो



काठमाडौँ। नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेका छन्।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन्। संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। त्यस्तै विश्वभर ३६ लाख ५९ हजार सात सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

यस्तै दुई लाख ५६ हजार नौ सय २८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। कोरोनाको उपचारपछि निको हुनेहरूको संख्या ११ लाख ९७ हजार सात सय ३५ छ।