सांसद बिकद्वारा स्वास्थ्य सामग्री प्रदान



बर्दिया। प्रतिनिधि सभा सांसद बिमला बिकले जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुबन नगरपालिकालाई स्वास्थ सामग्री प्रदान गरेकी छन्।

सांसद बिकले पिपिइ, N5 मास्क, ग्लोब, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन्। सांसद बिकद्वारा प्रदान गरिएका स्वास्थ्य सामग्री युवा नेता रेशम थापाले बुधबार दुवै नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन आगामी जेठ ५ गतेसम्मका लागि लब्याउने निर्णय गरेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। त्यस्तै विश्वभर ३६ लाख ५९ हजार सात सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

यस्तै दुई लाख ५६ हजार नौ सय २८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। कोरोनाको उपचारपछि निको हुनेहरूको संख्या ११ लाख ९७ हजार सात सय ३५ छ।