इटलीभन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु



काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा २९ हजार पाँच सय एक र इटलीमा २९ हजार तीन सय १५ जनाको मृत्यु भएको छ। बेलायतमा मृत्यु भएकाहरूको संख्या इटालीको भन्दा एक सय ८६ ले बढी हो।

कोरोना संक्रमितको संख्या भने इटालीमा धेरै छन्। इटलीमा दुई लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या एक लाख ९६ हजार दुई सय ४० छ।

विश्वभर ३६ लाख ५९ हजार सात सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। यस्तै दुई लाख ५६ हजार नौ सय २८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। कोरोनाको उपचारपछि निको हुनेहरूको संख्या ११ लाख ९७ हजार सात सय ३५ छ।