काठमाडौँ। नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन्।
सात जनासँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ। यसअघि पनि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए। संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।