राहत वितरणमा विभेद गरिएको भन्दै झडप, डीएसपीसहित ८ घाइते



सिरहा। सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप भएको छ।

स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए। त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ।

झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

झडपमा डीएसपी सन्तु जयसवालसहित ८ जना समान्य घाइते भएका छन्। घाइतेमध्ये प्रहरी ५ जना र स्थानीय ३ जना रहेका छन्। सवैको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ।

स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि मतमतान्तर हुँदै आएको थियो। जनप्रतिनीधि र दलहका प्रतिनिधीधिबीच मत नमिलेपछि आइतवार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिधिबीच मझदारी भएको बताइएको छ।

तर, प्रहरीले करकापमा पारेर दलहरुलाई सहमति गर्न लगाएको दलका एक प्रतिनिधिले बताए । सोही विवाद आज फेरि छताछुल्ल हुन पुगेको थियो।