महेश, किसन र सर्वेन्द्रका विरुद्ध सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता



काठमाडौँ। अन्ततः जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ।

सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो। जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ।

पूर्वस्वास्थ्य रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए। तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए।

त्यसपछि कार्यालयले सोमबार अपहरको जाहेरी दर्ता गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ। यस्तै सांसद यादवले घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा पनि उजुरी दिएका थिए।