तरुणदल सुर्खेत निरन्तर मानवसेवामा सक्रिय



सुर्खेत। नेपाल तरुण दल सुर्खेतले क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क सहयोग गरेको छ।

आईतवार भेरीगंगा नगरपालिकामा रहेका तीनवटा क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क वितरण गरिएको हो। भेरीगंगाको छिन्चु, झिङ्नी र लोदेमा रहेका क्वारेन्टिनमा ६० किलो बोईलर कुखुरा र २५० थान मास्क वितरण गरिएको हो।

क्वारेन्टिनमा बसेकाहरुको मनोबल कमजोर हुन नदिनका लागि सहयोग गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए । ‘स्थानीय सरकारले बनाएका क्वारेन्टिनहरुमा भएका मानिसलाई मनोबल कमजोर हुन नदिन हामीले सहयोग गरेका हौं,’ उनले भने, ‘यहाँ सरकारका तर्फबाट खाना मात्र दिने गरिएकोले मासु अन्तैबाट सहयो भईरहेको छ।’

भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले युवाहरु आवद्ध संगठनबाट मानवीय सेवा हुनुपर्ने भन्दै तरुण दलले गरेको सहयोग अरु युवारुका लागि शिक्षा भएको बताए।

उपमेयर रेणु ढकालले स्थानीय सरकारका तर्फबाट भईरहेको काममा सहयोग गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरिन्। उनले क्वारेन्टिनमा बसेकाहरुका लागि नगरपालिकाका तर्फबाट लगातार रुपमा मासुको व्यवस्था नगरिएकोले विभिन्न क्षेत्रबाट सहयोग भईरहेको जानकारी दिईन्।

उनका अनुसार हाल छिन्चुमा रहेको क्वारेन्टिनमा ८७, झिङ्नीमा ५१ र लोदेमा रहेको क्वारेन्टिनमा ५४ जना बसेका छन्। ¥यापिटड डाईग्नोसिस टेस्ट (आरडिटी) का लागि कीट अभाव हुँदा क्वारेन्टिनमा बस्नेहरुको कोरोनाबारे परीक्षण गर्न समस्या भएको उनले जानकारी दिईन्।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट, क्षेत्र नम्बर १ का अध्यक्ष अमर वली, उपाध्यक्ष तथा भेरीगंगाका तरुण अध्यक्ष दिनेस पुनको सहयोगमा सामग्री वितरण गरिएको हो।

सहयोग वितरणका क्रममा नगरपालिकाका मेयर चन्द, उपमेयर ढकाल, तरुण दल सुर्खेतका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका भेरीगंगा नगर सभापति बेदु गिरी लगायतको सहभागिता रहेको थियो। तरुणदल सुर्खेतले यसभन्दा अघि पनि लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्य, स्वास्थ्य तथा अन्य सामग्रीहरु सहयोग गर्दै आएको छ।

समाचार/तस्बिरः- हाम्रो अखबारबाट साभार