काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सेनिटाइजेशन बुथ सञ्चालनमा आएको छ।
आइतबार झापा मारवाडी समाजले महाशाखाको गेटमा सेनिटाइजेशन बुथ राखेपछि सञ्चालनमा आएको हो। झापा मारवाडी समााज युवा मञ्चले सेनिटाइजेशन बुथको डिजाइन गरेको हो।
बुथ सञ्चालनमा आएसंगै महाशाखा प्रवेश गर्ने मानिसहरुलाई सेनिटाइज गरेरमात्र प्रवेश गराइएको छ। ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सेनिटाइजेशन बुथ सञ्चालनमा आएसंगै महाशाखा परिसरभित्र कोरोनाको जोखिम कम हुने विश्वास व्यक्त गरे।
उनले यसको कार्यले ट्राफिक प्रहरीको मनोवल उच्च हुने पनि बताए। समाजले आगामी दिनमा आवश्यक अन्य स्थानमा पनि बुध स्थापना गरिदिने जनाएको छ।