‘कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाऔँ’



काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उनीहरुको मनोबल उच्चबनाउनुपर्ने बताएका छन्।

आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको बताएका हुन्।

सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने बताए। उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाददिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट गरे।

मन्त्री ढकालले प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमाबितरण गरिरहेका भैरहेको भन्दै कुन संस्थाले कतिदिएको र कहाँकहाँवितरण गरिएको भन्ने सबैले जानकारी लिन सक्ने बताए।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० सहितविभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

इन्फ्रारेड थर्मो्मिटर, एन–९५ मास्क, कार्डिआकमोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिनलगायतका सामग्रीउपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशकबन्दना रिसालले जानकारी दिए।