काठमाडौँ। प्रधामन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्दार गर्न नसकिने बताएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतमा अलपत्र परेका नागरिकहरुका बारेमा छलफल भएको थियो।मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएपछि प्रधामन्त्री ओली उक्त कुरा बताएका हुन्।
भारतको चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन्। भारतको अन्य ठाउँमा पनि अलपत्र परेका नेपालीहरुको संख्या हजारौं छ। उनीहरु कोरोनाबाट त्राहिमाम बनेका छन्। आफ्नो देश सम्झिरहेका छन्।
सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको भनाई थियो।
भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने बताइएको छ।