‘प्रधानमन्त्री ओलीका निम्ति गोलि थाप्न तयार छौं’



काठमाडौँ। अनेरास्वियूका केन्द्रीय सदस्य नेत्र मैनालीले प्रधानमन्त्रीका निम्ति गोलि खान तयार रहेको स्पष्ट पारेका छन्।

भ्रष्टचार, दलाल र विचौलियाको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएका नेता मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति गोलि खानु परे आफू थाप्न तयार रहेको भन्दै उनले केही सर्तहरु अघि सारेका छन्।

उनले भनेका छन्, ‘हामी तपाईंको निम्ति गोलि थाप्न तयार छौं। तर, तपाईंको निशान दलाल, नोकरशाही, पूँजीपति र अनि भ्रष्टचारका विरुद्ध हुनुपर्यो।’

पछिल्लो समय प्रधानमन्त्री ओलीका निम्ति नेकपाका कार्यकर्ताहरुले आफ्नो पद त्याग गर्न मात्रै होईन धरहराबाट हाम फाल्नसमेत तयार रहेको बताउँदै आएका छन्।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीको पद त्याग्छु भनेका थिए। त्यस्तै नेकपाका केस महेश बस्नेतले ओलीले भन्छन् भने धरहराबाट हाम फाल्न तयार रहेको बताएका थिए। त्यस्तै आज अनेरास्ववियूका नेता मैनालीले गोलि थाप्न तयार रहेको स्पष्ट पारेका हुन्।

उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यु हामी तपाईंको निम्ति गोलि थाप्न तयार छौं। तर, हामी यो पनि चाहान्छौं, कि तपाईंको निशान दलाल, नोकरशाही, पूँजीपती अनि भ्रष्टचारका विरुद्ध अचुक हुनुपर्यो।’