काठमाडौँ। अन्ततः निरन्तरको रस्साकस्सिपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।
शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए। सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ।
यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो। पार्टीका २० स्थायी समिति सदस्यले यसभन्दा अघि स्थायी समितिको वैठक बोलाउन लेखित सुझाव दिएका थिए।