काठमाडौँ। सर्जक नूतन भुसालको गीति एल्वम ‘नूतन’ मा समावेश ‘तिमी गीत जिन्दगीको’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ।
भुसालको शब्द रचना रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ। शिव परियार र जुना प्रसाईंको स्वर रहेको गीतको म्युजिक भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका छन्।
यो पनि पढ्नुहोस्
गीतकार भुसालको ‘नूतन शैली’ सार्वजनिक
भमराको भुनभुन (भिडियोसहित)
दीपक पौडेलले गीत दृश्यहरु क्यामेरामा कैद गरेका भने म्युजिक भिडियो सम्पादन एसआर रानाले गरेका छन्। गीतमा निशान शेर्पा र एलिशा थापा मगरको अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नुहोस्