सुर्खेत। नेपाल तरूणदल सुर्खेतले वीरेन्द्रनगर ९ स्थित साझा घर नेपाललाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
साझाघरमा बालबालिका, जेष्ठ नागरिक, शारीरिक अपाङ्गता, मानसिक रोगीलगायत २२ जनाको संख्यामा रहेको उक्त संस्थामा खाद्यान्नको अभाव भएपछि तरुणदल सुर्खेतले सहयोग गरेको हो।
तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टका अनुसार शुक्रबार साझा घर नेपाललाई २५ किलोको १० प्याक मसिनो चामल, १० किलो दाल, ५ पोका तोरीको तेल, ५ पोका आयोडिन नुन र २२ पिस सर्जिकल मास्कसहित अध्यक्ष हरि बिष्ट, तरूण सदस्य राज देवकोटा र व्यवसायी पुर्ण अधिकारीको संयुक्त खर्चमा वडा ९ का अध्यक्ष सुरेश मान्नधरको रोवरमा सञ्चालक तपेन्द्र विकलाई सहयोग हस्तान्तरण गरिएको छ।
कर्णाली प्रदेशकै मानव सेवामा लागि परेको संस्था लकडाउनका कारण खाद्यान्नको अभाव भएपछि अध्यक्ष विष्टलाई सम्पर्क गरेको सााझाघर नेपालका संचालक तपेन्द्र विकले बताए।