कोरोना संक्रमण भएपछि रसियाका प्रधानमन्त्रीले गरे पदत्याग



एजेन्सी। रसियाका प्रधानमन्त्री मिखाएल मिसुतिनलाई कोरोना संक्रमण भएपछि पदत्याग गरेका छन्।

प्रधानमन्त्री मिसुतिनले राष्ट्रपति भ्लादमिर पुटिनलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै पदत्याग गरेका हुन्। संक्रमण भएको पुष्टि लगत्तै सेल्फ आइसोलेसनमा जान उनले प्रधानमन्त्री पद त्यागेको जानकारी दिए।

टेलिभिजनबाट प्रसारित बैठकमा प्रधामन्त्री मिसुतिनले उपप्रधामन्त्री एन्ड्रे बिलौउसोभलाई कामचलाउ प्रधानमन्त्री चयन गर्न सिफारिस गरेका हुन्। पुटिनले उक्त प्रस्ताव स्विकार गरेका छन्। ५४ वर्षीय मिसुतिन गत जनवरीमा प्रधानमन्त्री चयन भएका हुन्।