नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो



काठमाडौँ। रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएसँगै नेपालमा क्रोरोना संक्रमितको संख्या ५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ। कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए।

तर, उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए। उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।