आज १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवश। सम्पुर्ण श्रमजीवी वर्गमा शुभकामना छ। १९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ। यसै शताब्दीको शुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन, विकासका नयाँ आयामहरुको शुरुवात भएका हुन्।
यि उद्योग र औद्योगिकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व तथा श्रमको उचित मुल्यका लागि आजको दिन संसारभरि अत्यन्त महत्वपूर्ण छ। १९औं शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा (हे मार्केट काण्ड) भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग समबन्धीत मुद्धाको लागि विशेष अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाईन्छ।
यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोष श्रमिकहरुको ज्यान गएको आततायी घटनाको सम्झनास्वरुप मे १ मनाउन थालिएको हो। स्मरण रहोस् त्यो आन्दोलन हुनुभन्दा पहिला सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म कार्य गर्दथे।
मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो। शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए। ती ज्ञात अज्ञात श्रमिक नेताहरुको सम्झना पनि गर्न जरुरी छ। १३० वर्षभन्दा धेरै समय अगाडिबाटै केही न केही हिसाबमा आजसम्म पनि उद्योगपती र श्रमिकबीचमा दुरि भने रही नै रहेको छ।
आजको विश्वमा मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस्। भएका परिवर्तनलाई संस्थागत गर्न सकोस्। अनि काम गरेर खाने वातावरण र श्रमको सही मुल्य दियोस्। नेपालको परिपेक्षमा पनि नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको साथ नभएको भए ७ सालदेखि ४६ साल अनि ०६२÷०६३ सालसम्मको जनआन्दोलन सफल हुने थिएन। अब त श्रमको परिभाषा नै फराकिलो भएको छ।
यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरु अटाँउदछौं। विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ। यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाईल अनि देश चलेको करहरुमध्येको अधिकाशं हिस्सा तिनै श्रमिक दाजुभाईको पसीनाको उपज हो। तर, देश स्वंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ? भन्ने कुरा एयरपोर्टबाटै शुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको वहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासिनताबाट थाहा हुन्छ।
फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन र यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर वस्न सक्दैनौं भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन जरुरी छ। कृषि प्रधान देश यस्तै कुराले गर्दा जागिरका भोका पुस्ताहरु उत्पादन गर्न थालेको छ। आखिर कहिलेसम्म ? श्रमीक भएर बाँच्न पाउनु अनि परिवार पाल्नु जतिको उक्तम जीवनयापन संसारमा अरु केही छैन्।
पसिनाको मूल्यले आर्जेको धन्, मन अनि निन्द्राको ब्याख्या त महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् । गरिब भन्छौं संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि, रिक्शावाला साथीहरु, गाडीमा कार्यगत श्रमिकहरु, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, अरबमा पसिना पुछदै या अन्य विदेशी भूभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, कोदालोले हातमा ठेला उठेका हातहरु, भान्सादेखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जीवनमा यस श्रमदिवसको वास्तविक अर्थ र समानता कायम हुनै पर्नेछ। पसिनाको मुल्यले हास्न पुगोस्। सम्पुर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुभकामना।
(लेखक अनेरास्ववियूकी केन्द्रीय सदस्य हुन्।)