रोल्पामा बेवारिसे बम पड्किँदा चार जना बालबालिकाको मृत्यु



रोल्पा। जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार जना बालबालिकाको मृत्यु भएको छ।

रोल्पा प्रहरीका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको प्रारम्भिक सूचना आएको थियो। गाउँपालिका बिहीबार साँझ रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको छ।

गापा अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन्। बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो।