रौतहट सेक्रेटरी सिर्जना शाही पुन: पक्राउ



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही ‘सिसम’ लाई प्रहरी पुनः पक्राउ गरेको छ। गत वर्ष माघ १३ गते रौतहट प्रहरीले शाहीलाई एनसेल टावरमा आगजनी गरेको मुद्धामा पक्राउ गरेको थियो।

बुधबार मात्रै सेक्रेटरी शाहीलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि शाहीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय बारा लगिएको छ। के कति कारणले शाहीलाई पक्राउ गरिएको हो भन्ने बारेमा बारा प्रहरीले थप जानकारी दिन मानेन।

त्यस्तै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बालाराम सुनार हिमाललाई सर्खेतबाट प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको घरमै होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले बिहिबार बिहान पक्राउ गरेको हो।

सुनार पक्राउ परेपछि नेकपा भेरी कर्णाली व्युरोले आपति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। भेरि कर्णाली व्युरो इन्चार्ज रविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर कोरोना भाइरसले आक्रान्त बनको वेलामा आफ्नै घरमा लकडानको पालना गर्दै होन क्वारेन्टाइनमा बसेका बालाराम सुनार हिमाललाई विनाकारण फाँसिबादी दानविय सैलीमा गिरप्तार गरेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्युरो घोर निन्दा एवम् भत्र्सना गर्दछ।’