कालिकोट। जिल्लाकाे पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष माथि निर्घात कुटपिट भएकाे छ।
वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले सामान्य बिवाद उत्पन्न भएपछि कुटपिट गरेको बुझिएको छ।
बुधबार उपभोक्ता समितिको सामान्य बिबाद बढेपछि काँग्रेसका स्थानीय कार्यकर्ताहरुको समुहले आफूमाथि कुटपिट गरिएको अध्यक्ष न्यौपानले बताए।
नेपाली कांग्रेसका पारस, तिलक, उमेश, जनक र कमल न्यौपाने रहेको बताएको उनले बताएका छन्। वडा कार्यालय सहयाेगी माथि हातपात गर्न खाेज्दा अध्यक्ष झगडा शान्त गर्न भनि गएका थिए।
पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले वडा अध्यक्ष माथि भएकाे कुटपिट र दुर्व्वहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
अध्यक्ष सेजुवालले यस्तो कार्यले जनप्रतिनिधिको कार्यसम्पादनमा गम्भीर असर पर्नगई सेवा प्रवाहमा ठूलाे प्रभाव पर्ने बताएका छन्।
अध्यक्ष सेजुवालले हातपात गर्नेलाई कानून बमोजिम कार्वाही गर्ने र अपराधीलाई कानूनकाे दायरामा ल्याउन र दोषीमाथि कारबाही गर्न प्रशासनसङ्ग माग गरेका छन्।