आज मुलुकमा जोकसैले भोलिका लागि रहनेकी नहरहने भनेर चिन्ताको बीचबाट दिन बिताईरहेको छ। कोराना भाइरसका कारण विश्व तरङ्गित छ। माहामारिलाई जित्नका लागि स्वास्थ्य क्षत्रका बिज्ञहरु अवरात्र खटिरहेका छन्। भोक, निन्द्रा दिन रात नभनि तदारुकता देखाइरहेका छन्। समाजसेवीहरु समाज बचाउन र परेका पिडाहरुमा मलम लगाउन सक्ने जति मेहनत गरि रहेका छन्।
कतै रोगको त कतै भोकको पिरलो छ। तर, पनि यहाँ कम्युनिस्टको सरकार छ। यो सरकार स्थायी सरकार हो। कम्युनिस्टको सरकारलाई गरिब दुःखी निमुखाको सरकार हो भनेर आशा गर्नेको भिडभाड छ। यो दुनियाँमा यदि कोही श्रमजिवि सर्वहारा वर्गछ भने त्यो कम्युनिस्ट शब्दावलिलाई सिरानी हालेर निदाउछ। अपसोच आशा र भोरसाले न भोक नरोग हटाउन सक्छ। मात्र प्रतिक्षाको घडिको सुइलाई नथाक्ने अठोट गरिरहन्छ।
यो संकटको बेला हो। त्यही रोग र भोकले आतङ्कित शुभचिन्तकलाई हौषला, प्रेणा र उत्साहाको खाँचो छ। जनताले राज्यबाट अभिभाकको अनुभूति गर्न पाउनु पर्छ। अर्को तिर असल अभिभावकको भुमिका निर्वाहा गर्नु नेतृत्वको कर्तव्य हो। विश्व कम्युनिस्ट आन्दोलन बिखन्डनले बिचलन्तामा लम्किरहेको अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलन एक ढिक्का हुने कोसिस गरिरहेको देख्दा हामी आसावादी भएका छौै। अर्कोतिर कम्युनिस्ट आन्दोलनको चिन्ता गर्ने विश्व कम्युनिस्ट आन्दोलनका हस्तिहरु धन्यवाद दिदै मुस्कुराएर भविष्य बिगततिर नफर्कियोस् भनेर पुकारी रहेका छन्। नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा बधाईका पात्र बनिरहेको वर्तमान परिवेशमा श्रमजीवि सर्वहारा र क्रान्तिकारी तप्काले दिपावली मनाइरहेको छ।
आशाको दियो हावाहरिले निभेको देख्न नपाउँ भनेर ठूलो मेहनतका साथै पुकार्नु पर्नेजतिलाई नछुटाएर पुकारी दियो। जगाएर दिपावलीको रौनकमा सबैलाई बोलाएर खुसिबाँड्न तम्सिरहेको छ। बिडम्बना नेपाली राजनीतिक जगतभित्रका नासा क्षत्रका विज्ञहरुले आदी आएर दिपावली बिथोल्ने संकेत छ भनेर सजग हुन आग्रह गरिरहँदा चिन्ताको बादल मडारि रहेको छ।
जसरि आज बिस्वलाई प्रकृति विज्ञानले कम्पयमान बनाएको छ। त्यसरि नै आज नेपाली राजनीति विज्ञानले कम्युनिस्ट आन्दोलनका शुभचिन्तकमाथि तरङ्ग पैदा गरिरहेको छ। यो हामी श्रमजीवी र क्रान्तिकारी शुभचिन्तकलाई माहामारी माथिको थप माहामारि आएको अनुभूति भएको छ। अझै पनि नेपाली राजनीतिमा कम्युनिस्ट आन्दोलनलाई विश्वाु र आश गर्नेको उत्तिकै भिडभाड छ। तर यस आन्दोलनको नेतृत्व गर्ने नेतृवको चालबाजि र व्यवहारलाई मुल्यांकनको कमि गरिरहेका छैनन्।
नेतृत्वले बिगत निहालेर भविष्यको सचन्तागरि वर्तमान निहाल्नुपर्छ र शुभचिन्तक र अभिभावकलाई सम्झिदै क्रियाकलाप अघि बढाउन कतै चुकेको त छैन? या चुक्ने दिशातिर गहिरहेको त छैन ? भन्ने संका पैदा गरिरहेको छ। जसरी राजनीति परिवेश बदलिएको छ त्यसरी नै नेतृत्व बदलिन सक्नु आजको आवश्यकता हो। बदलिएको परिवेशले नेपाली राजनीतीको कम्युनिस्ट आन्दोलनमा थपिएको हौशलाहरु बासि हुन पाएको छैन। नसुति सपना देखेर सपना साकार पार्न तल्लीन देखिनु नेपाली कम्युनिस्ट आन्दोलनका लागि दुर्भाग्य हो।
यो कुरा आजको नेतृत्वले मनन गर्नुपर्ने कुरा हो। यो एकता, एकतापछिको जिम्मेवारी र जिम्मेवारी सम्माल्दा थपिएको चुनौति दम्बले हैन साहास र सिर्जनसिलताले मात्र साकार पार्न सकिन्छ। सबैको मनोभावना, जिज्ञासा, अनुभव र व्यक्तित्वको फ्युजन गरेर नयाँ दर्शन प्रतिपादनले आजको राजनीति विज्ञानको चुनौती नै युगको आवश्यकता हो। राजनीति विज्ञानले परिपक्वता देखाउँदै प्रकृति बिज्ञानसँग लडेर समाज बचाउनु जिम्मेवारी र कुसलतासँगै आवश्यकता हो। यो परिवेशमा कही न कही गएर सामाजिक संजालमा फैलिएको राजनीति माहामारिको हल्ला सत्य साबित भयो भने नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो मुल्य चुकाउनु सिवाय अरु हुनेछैन। ्े
ईतिहासले धिकार्न पछि पढ्ने छैन। त्यसैले आजको नेतृत्वको ध्यान वैचारिक र सैद्धान्तिक खाका निर्माण तिर केन्द्रीकृत हुन जरुरि छ। वैचारिक दृष्टिकोण हिसाबले कुन तहमा कसरी परिपक्वता दिलाउने ? समाजलाई कुन दिशा तिर कसरी र कुन बेला कुन मोडमा कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमा खाका तयार गरेर अघाडि बढ्न जरुरि छ। यो वर्तमान परिवेशमा कुन बेला के गर्ने ? कसले के गर्ने भनेर जिम्मेवारी बाँडफाँड गरेर काम नगरी मै खाउँ मै लाउ र मेरो दैजेलो कसैले पनि छुन पाउँदैन भने जस्तो गरि मनपरि ढङ्गले कति खेर कसले के गर्यो ? के बोल्यो लेखाजोखा नहुने गरि अघि बढिरहेको संस्कारको अन्त्य हुनैपर्छ।
यो कम्युनिस्ट आन्दोलन र यसका पहरेदारदेखि शुभचिन्तकको चिन्ता छ भने सबै एकीकृत भएर यस संस्कारको जरा उखेल्नैपर्छ अनि मात्र एकताले थापेको आर्शिवाद फलदायी हुनेवाला छ। आज खाकाको कमिले बिदेशमा पशुको उपाधि पाउनु परेको छ हामी नेपालीले। आधापेट बाँच्नु परेको छ। स्वदेशमा चौकचौकमा जम्मा भएर दुनियाँका कुरा काट्नु दैनिकीभएको छ। सामाजिक संजालको दुरुपयोग गरेर कसैको बिरोधमा समय सदुपयोग गरेर बेरोजगारी छक्याइ रहेका छन्। लक्का जवानहरुले समाजलाई रुपान्तरणतिर र परिवर्तन होईन संकटतिर धकेलि रहेको छन्। यस परिस्थितिलाई समयमै अध्ययन गरेर राजनीती विज्ञानले उछिन्नु आजको आवश्यकता हो।
विवाद र बिखण्डन सामाधान होईन समस्या हो। एकताले नाक फुराएका हामीलाई महामारिलाई छेक्ने माूकले बिखन्डनको लाजले कम्युनिस्ट आन्दोलनका बिरोधिहरु सामु नाख लुकाउनु नपरोस् हामी सबैको चाहाना यहि हो। कम्युनिस्ट पार्टी नामाकरण गरेर सामाजवादको लक्ष्य बोकेका हामी काम गर्ने तरिका पनि नाम लक्ष्य अनुरुपनै हुन जरुरीछ। जे भन्छौं र अध्यायन गर्छौ व्यवहारमा त्यहि गरेरै देखाउनुपर्छ। अनि मात्र कम्युनिस्ट भनेर गौरब गर्ने खुल्ला ठाउँ रहनेछ। व्यबहार त नदेखाउन सक्नेले बिभाजन र बिखन्डन हैन राजनीतिबाट सन्यास लिनुपर्छ बिगतको लगानी सम्झेर सकिन्छ भने सकेजति सल्लाह दिने सकिँदैन भने शुभचिन्तक भएर मौन बस्नु नै बुद्धिमानि र आफ्नो औकातको रक्षा गर्नु वेश हुन्छ। हामी यात्रि यो चाहान्छौं यात्रामा ठेस लागोस्, यात्रा असफल नहोस्, हामी र हाम्रो शुभचिन्तकको चाहाना यहि हो।
‘लेखक कालिकोट जिल्लाको पलाँता गापाका अध्यक्ष हुन्।’