काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आ-आफ्ना कुरा राखेको बताइएको छ।
यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो। तर, दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो।