हिमा गाउँपालिका उपाध्यक्ष रोकायमाथि हातपात गर्नेविरुद्ध जाहेरी दर्ता



जुम्ला। जिल्लाको हिमा गाउँपालिकाकी उपाध्याक्ष हिमाली रोकायमाथि हातपात गर्नेहरुका विरुद्ध मुद्धा दर्ता भएको छ।

वैशाख १२ गते उपाध्यक्ष हिमालीमाथि गाउँपालिकाको वैठकमा राहत वितरणका विषयमा विवाद उत्पन्न भएपछि हातपात भएको थियो।

पालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले उपाध्यक्ष रोकायमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोप छ।

उपाध्यक्ष रोकायले सार्वजनिक स्थानमा आफूमाथि हिँसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा वैआख १५ गते जाहेरी दर्ता गरेकी छन्।