मंगलबार नेकपाको सचिवालय बैठक बस्ने



काठमाडौँ। निरन्तरको रस्का कस्सीपछि अन्तत: मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैठक बस्ने भएको छ। सोमबार केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल पछि उक्त वैठक बस्ने भएको छ।

छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरु पुगेका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सोमबार विहान भेटवार्ता भएको थियो।

लगतै दुई पक्षका नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए। ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल र प्रदिप ज्ञवालीलाई जिम्मा दिएका थिए। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।

बैठकमा मन माझामाझ भएको नेताहरुले बताएका छन्। नेपाल समूहका एक नेताले भने, ‘हामीले स्थायी कमिटीको बैठक राखौं, त्यही छलफल गरौंला भनेका छौं।’