ओली सरकारको नाप, तौल र प्रतिक्षा



गत चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस (कोभिड-१९ विश्वयापी महामारिका कारण नेपालमा जोखिम नहोस भनेर लक डाउन गर्यो। आइतबार बसेको मन्त्री परिषदको वैठकले वैशाख २५ गतेसम्म लकडाउन जारी राखेको छ। कोरोनाले विश्वमा दुई लाख मानिसले ज्यान गुमाइसकेका छन्। ३० लाखभन्दा बढी जनसंख्या संक्रमित छन्। यस महामारीका कारण अमेरिका, स्पेन, फ्रान्स, इटाली, बेलायत लगायतका देशहरु सबैभन्दा ग्रसित छन्।

विश्वका शक्ति राष्ट्रहरु थिलथिलो पारिरहेको कोरोना माहामारी नेपालमा प्रबेश गर्यो। कन्ट्रोलभन्दा बाहिर जाने धेरैको आंकलन थियो। तर, त्यो अड्कल गरे जस्तो नेपालमा संकट उत्पन्न भएको छैन। नेपालले गोल्डेन चान्स पायो। यो तथ्यांक स्तम्भकारले बोलेको होइन। अहिले कोरोना सम्बन्धी तथ्यांक सेकेन्ड सेकेन्डमा अप डेट हुन्छ र विश्व त्यही तथ्यांक हेरेर जिब्रो टोकिरहेको छ। जब देशमा संकट्को घण्टी बज्छ, देशमा बिदेशी शक्तिहरु चलखेल गर्न जुकाजसरी मुख बाउंछन्। तब सच्चा देशभक्तिको भावना जागृत हुन्छ। सबल राष्ट्र नायकको आवश्यक्ता खड्किन्छ। अनि सुरु हुन्छ अडिग राष्ट्रवादी नेतृत्वको खोजी। तर, बिडम्बना हाम्रो देशमा जन्महुन्छ नक्कली, असक्षम नेतृत्वको जन्म।

नेपालको ३८औं प्रधानमन्त्रीका रुपमा खड्ग प्रसाद ओली उर्फ केपि शर्मा ओलीले अहिले देशको नेतृत्व गरिरहेका छन्। राजनीतिक जेलजीवन, आन्दोलनमा सरिक जनताको न्यायका लागि लड्ने योद्धा भनेर उनका कार्यकर्ताले ढोल पिटिरहेका छन्। पिटिरहने छन्, त्यो अलग पाटो हो। तर, ३८औं नम्बर त्यसरी लागेको भने होइन। नेपालले धेरै संघर्षपछि २०७२ असोज ३ गते नेपालीका लागि संविधान उपहार पाउने दिन थियो। संविधान सभाबाट संविधान जारिगर्ने ४७औं राष्ट्रको रुपमा ईतिहास रच्दै थियो। नेपालीहरु (अपवादका रुपमा केही बेखुसी ) सबै प्राय खुसी थिए। दिप प्रज्वलन गर्न सरकारले उर्दि जारी गरेको थियो। टेलिभिजन हुनेले टेलिभिजन रेडियो हुनेले रेडियो र नहुनेले सोधेर खबर सोधपुछ गर्दै थिए। संविधान जारी पनि भयो । खुसी पनि थियो कतै गम पनि थिए। नभन्दै मधेसमा रहेका मधेसबादी नेपालीले संविधानको बिरोध गर्दै आन्दोलन गर्न थाले। संबिधन जलाउन थाले। नेपालीको खुसी क्षणभरमै बालुवामा पानी भयो। कारण थियो नाका बन्दी।

हुन त अहिले पनि मधेशवादी दलहरुले संविधान स्वीकार नगरेको अबस्थाछ। संविधान संशोधन गर्न जसले सपना देखाउछ, उतै काउसो जसरि लुसुक्कै टांसियर सपना देख्छ्न। बास्ना कुर्दै बसेका अनलाइने पत्रकारले खुराक पाइहाल्छन र लेख्छ्न। फलानो पार्र्टीले एकता गर्दै, के संविधान संशोधन गर्न दुई तिहाइ पुग्छ त? रातभरी जोड घटाउ गर्छन्। अनि घाटा लाग्ने हिसाब निस्के आफ्नै आसेपासे मिडियालाइ घाँस छर्किन्छन्। अनि लेख्न लगाउछन्। फलानो नेताको आइडी ह्याक भएर केही भ्रामक पुण अभिब्यक्ती लेखेको हुँदा भ्रममा नपर्न सबैलाई आग्रह गरिन्छ। र संगै लेख्नपछि पर्दैनन्। त्यस्तो ब्यक्तिलाई प्रकृया पुराएर साइबर क्राइमको अभियोगमा मुद्धा लगाउने प्रकृया चालिसकेका छौं। हो यसरि नै हो राजनीतिक खिचडी पकाउने।

संविधान जारी भए संगै मधेशवादी त खुशी देखिएनन्। नै सबैभन्दा बेखुसी देखियो छिमेकी राष्ट्र भारत। भारतले नेपालको संविधान आफ्नो अनुकुल बनोस् भन्ने चाहाना राखेको संविधानविद बताउंदै आएका छ्न। त्यसकै सिलसिलामा नेपालमा मधेसबादी (मधेसी जनताको नाम भजाउने काम पेट भर्ने) भनाउँदाहरुले आन्दोलन गरे। र के निहुं पाउ कनिका बिकाउ ? जस्तै बनेको भारतले दंगा भड्किने निहुमा नाका बन्दी गरिदियो।

उसले संविधान निर्माणमा केही दिन पर्खन आग्रहका लागि विशेष दुत नेपाल पठाएको थियो। तर, पनि नेपालले अस्विकार गरेको कारण हो या हिन्दु राज्य घोसणको चाहाना हो या धर्म्निरपेक्ष को खारेजिको चाहान वा त तत्कालिन बिहार राज्यमा भएको चुनाब पछाडी संविधान बनाइनु पर्ने कारण ? कारण जे सुकै भएपनी भारतले द्दण्ठद्द असोज घ गतेदेखी नै अघोसित नाकाबन्दि लगाइदियो । त्यसोत नेपालमा भारतले नाकाबन्दी लगाएको यो पहिलो पटक भने होइन । द्दण्द्दठ र द्दण्द्धछ सालमा पनि भारतले नाका बन्दी गरेकै थियो नेपालमा। भारतको पाउ मोल्न पुग्ने मधेसबादी नेताहरुले साथमा साथ दिएको समाचार हामीले निकै सुन्न पायौं, त्यतिबेला ।

हुन त नेपाली राजनितिको रिमोट दिल्लीमा छ भनेर पनि भनिन्छ। तर, २०७२ को नाकाबन्दिका बेला यो उखानलाई घाममा सुकाइ दिए तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा हालका प्रम ओलिले। उनले त्यतिबेला भारतको खरो बिरोध गरेर राष्ट्रवादलाई जोगाइदिए। नेपाली जनताले राष्ट्रवादी ठानेर ओलीको जय जयकार गरे। हामी सबैले राष्ट्रको शिर उचों राखेकोमा गर्व गर्यौं।

नेपालको प्रतिपक्ष र नेपालको सत्ता पक्ष बडो गजबको छ। सत्तामा रहंदा काम गरेको देख्ने सत्ता पक्ष र बिपक्ष भएर बस्ने प्रतिपक्ष दुबैले जानेको भनेको जनतालाइ पेट भरि आस्वासन मात्रै बाड्न। जनताले राष्ट्रवादी प्रम पाए प्रतिपक्षले बलियो सत्तापक्ष पायो। तर, केही महिनाको दृष्टान्तपछि जति जोगी आए पनी कान चिरिएका भन्ने उखान ओलीले सिरोधारे गरे। उक्त उखानले बाजि मार्यो ओलीले हारे। बीचमा राजनीतिक उथल पुथल भए।

सत्तामा बस्ने सडकमा बसे सडकमा बस्ने सत्तामा बसे। यसरी राजीनिक फोहोरी खिचडी पाकी रह्यो। जनताले धिक्कारी रहे स्राप दिइरहे। तत्कालिन एनेकपा एमाले र एनेकपा माओवादी एकता भयो। जनतामा आस जाग्यो। सराकार दुई तिहाइको बन्यो। जनताले बर्सौंपछि स्थाई सरकार पाउने सपना पुर हुने ठाने। स्थाई सरकारको आशामा धुप बत्ती बाले। खुशि मनाए। अहिले ओली सरकार दुई तिहाईको छ। चाहे भने ढुंगा पकाएर खिचडी खाने साहास छ सरकारको?

सुरुवातिमा ओली सरकारले जसनै पाएको थियो। सत्ता र शक्तिको उन्मादमा सुहागरात पिरिएड पछि सरकारको मति खुस्किन थाल्यो। अपजस खेप्न थाल्यो । अनि गाउंघर तिर भन्ने उखान नैन्ताल्या नौला तिनै नौला फाट्या पछी हामीजा हौंला। अर्थात बक्तिको उन्माद्ले लट्ठ सरकारले आफ्नो वरिपोरीे कोही देखेन। आफै सर्वासर्वे ठान्न थाल्यो । श्री पेच बिनाको राजा सम्झ्यो । अनि सुरु भयो उंधो गति । रुसि बोल्सेभिक क्रान्तीमा लेनिनपछि योगदान गरेका स्टालिनले सत्तामा पुगेपछी सम्पुण शक्ति आफ्नो हातमा लिए र कम्युनिस्ट पार्टीका सम्पुण बिधिविधान नस्ट गर्दै आन्तरिक जनवाद नै सखाप पार्दै प्रतिपक्षलाई भौतिक कार्बाही गर्दै अगि बढे र कृषीमा अदुर्दर्शी नीति लागू गरेर लाखौं जनता भोकमरिमा पर्ने अवस्था ल्याए। हो त्यस्तै पवृत्ति ओली सरकारले अहिलेको अवस्थामा प्रकट गरेको छ।

सपथ खएको दिनदेखि बोलिमा भ्रष्टचारीप्रती कडा प्रस्तुत भएका ओली ब्यवहारमा उदंगिए। आफ्नै क्याबिनेटका मन्त्रीहरु एक एक गर्दै काण्ड्मा मुछिन थाले। सरकारको बदनाम भयो। तर, पनि ओलीले भ्रष्ट्चारी जोकोहिलाई पनि कारबाही गर्ने बोली जारी रह्यो। तर, ब्यवहारमा त्यसो गरेन उल्टै जोगाइरहे। सेक्युरिटी प्रेस् काण्ड, यति समूह काण्ड, बालुवाटार प्रकरण, वाइड्बडी काण्ड, हालको ओम्नि प्रकरण र हालै बासी नभएको तात्तातो सांसद अपहरण काण्ड। जन्मौं जन्मसंगै मर्ने बांच्ने कसम खाएका श्रीमान श्रमति त एक जनाले बाचा पूरा नगरे सम्बन्ध वारपार हुन्छ। राजनीतिक विवाह गरेकाहरु एकताभन्दा बढी गुटबनाउनमा व्यस्त छन्।

तत्कालिन माओवादी र त्यससँग समर्थितले अनेक बहाना जम्मा गर्ने मौका पाएका छन्। त्यसपछिको परिणाम जग जाहेरै छ । बेमौसमी बाजामा नांगो नाच नाच्न कस्सिने ओली सरकारले सुरक्षित रहन पेटि सिलाउने निहुंमा पेटिकोट्को इजार फुस्केको थाहा पाएन। कानूनभन्दा बाहिर गएर अध्यादेश त्यसको एक उदारहण हो। हिन्दु मिथकमा उल्लेख गरिए अनुसार भस्मसुर राक्षसलाई महादेवले जसको टाउकोमा हात राख्यो त्यो जलेर भष्म गर्ने शक्ति बरदान दिएका थिए। कुनै बेला महादेव स्वयंको टाउकोमा हात राख्न खोज्दा विष्णुले सुन्दर मोहिनिको रुप धारण गरेर लठ्यांउदै आफ्नै टाउकोमा हात राख्न लगाउछन्। अन्तिममा उस्कै बध गर्छ्न।

कतै नेपाली राजनीतिमा ओली प्रवृत्तिले भस्मासुर परिणाम निम्त्याउने त होइन? निदाइरहेको प्रतिपक्ष बिरालोले मुसो कुरेझै बसिरहेको छ यतिबेला । दुलोबाट मुसो निस्केला खाउला भनेर कुरेको बिरालोले अरु सिकार नगरी त्यही मुसो कुरेर बस्दा न दूध खान पाउछ न मुसा नै। आहारा नपाएपछी ठूल्ठूलो स्वरमा कराउने निन्द्रा बिगार्ने अनि आहारा पाएपछी मुसाभन्दा ठूलो दुलोभित्र छिर्ने प्रबृतिको प्रतिपक्ष दुई दिन उफृन्छ अनि पछारिए पछि चार दिन थलापर्छ।

कुनै बेला सुनिन्थ्यो सरकारले नराम्रो गरेको र राम्रो गरेको थाहा पाउन प्रतिपक्षको कृयाकलाप हेरे पुग्छ । यदि राम्रो गरेको भए प्रतिपक्ष उफृन थालिहाल्छ नराम्रो गर्यो भने हासेर बस्छ। हो यहि नाडी नसा छामेर हो सरकारको अहमता बढेको। राष्ट्रवाद्को ढोल पिटेर भए पनि वा सच्चा राष्ट्रवादी भए पनी ओली सरकारको सकारात्मक र सफल पक्ष भनेको देशलाई कोरोना संक्रमणबाट बचाउनु हो। ओली सरकार यस मामलामा सफल भएको मान्न सकिन्छ। हालसम्मको अवस्थामा ठूला राष्ट्रहरु थलिएको बेला स्रोत साधनको कमि भएको नेपालमा हालसम्म थोरै संक्रमित र निको हुनेको संख्या बढ्नुले यहि देखाउछ।

यो विषयमा ओली सरकारलाई सलाम गर्नैपर्छ। त्यसैको परिणाम स्वरुप विश्व स्वास्थ्य संगठ्नले नेपाललाई अति उच्च जोखिमको सूचिबाट हटाएर उच्च जोखिम अर्थात ३ नम्बरमा राखेको छ । जुन ओली सरकारको प्रशंसा योग्य काम हो। सार्क राष्ट्रमा भारत, श्रलंका, बंगलादेश, भुटान माल्दिभ्सको लेबल पनि ३ रहेको छ। सत्ताको बागडोर सम्हाल्नेहरुलाइ एउटा मात्रै खुसी भएर पुग्दैन हजारौं लाखौं खुसी दिन सक्नुपर्छ। यो खुसी त बाख्रा र बाघको कथा जस्तै हुन्छ।

हिलोमा फसेको बाख्राले हिलोमा फसेको बाघलाई भनेछ, ‘तिमी जंगलको राजा भनेर घमण्ड गर्थेउ नि अब तिम्रो घमण्ड सकियो तिमीलाई बचाउने कोही छैन मलाई त मेरो मालिकले साँझ गोठ्मा हेर्छ मलाई नदेखेपछी खोज्दै आउँछ र मलाई बचाएर लान्छ।’ यो भनाइले अहिलेको नेकपालाई उदांगो बनाई दिएको छ। कतै बाख्रो प्रचण्ड हुन् कि केपी ओली ? अनि मालिक चाहिँं ?