तरुणदल सुर्खेतद्वारा २५ घर परिवारलाई खाद्य सामग्री प्रदान



काठमाडौँ। नेपाल तरूणदल सुर्खेतले लकडाउका कारण समस्यामा परेका मजदुर तथा विपन्न व्यक्तिहरुलाई खाद्य सामग्री प्रदान गरेको छ।

तरुणदल सुर्खेतले आइतबार वीरेन्द्रनगर नगरपालिका ६ शान्तिटोलमा बस्ने दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविको पार्जन गर्दै आएका २५ घर परिवारलाई खाद्य सामग्री प्रदान गरेको हो।

तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टका अनुसार मजदुर, विपन्न, क्यान्सर पिडित, मेरूदंड भांचिएर थला परेका र भाडामा बस्ने गरि जम्मा २५ घरधुरीलाई २५ केजिका २५ प्याक चामल, २५ पन सिमिको दाल, २५ पन आयोडिन नुन र २५ लिटर तोरिको तेल सहयोग वितरण गरेको छ।

पहिलो चरणको लकडाउनदेखि असजिलोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका अध्यक्ष बिष्टलगायतले उक्त खाद्य सामग्री हस्तान्तरण गरिएको हो। आइतबार बसेको मन्त्री परिषद वैठकले लकडाउनलाई वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ।