सांसद प्रकरण: बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दिन जसपाका नेता टेकुमा



काठमाडौँ। आफ्ना पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन्।

वैशाख १० गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालले धुनषाबाट सांसद यादवलाई राजधानी ल्याएका थिए।

११ गते बिहान सांसद मर्निङ वाकमा निस्किने बाहनामा आफू पार्टीको सम्पर्कमा आएको बताएपछि सांसद यादवलाई राजधानी ल्याउनेविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न लागिएको हो।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत टेकु पुगेका हुन्।परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा छैनन्।

जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसंग कुराकानी गरिरहेका छन्। तर, जाहेरी दर्ता भएको छैन। पुर्व आइजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरु महानगरिय प्रहरी परिसर टेकु पुगिसकेका छन्।