हिमाली भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोतको रुपमा रहेको यार्चागुम्बाले मान्छेको जीवनस्तर उकास्न धेरै सहयोग गरे पनि यसैका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण तथा जैविक विविधतामा पनि असर पर्दै आईरहेको छ।
तर, त्यस्ता असरलाई न्युनिकरण गर्नका लागि कसैले पनि ध्यान दिएको जस्तो लाग्दैन। आज यस लेखमा म यार्चागुम्बा संकलकहरुका कारण वातावरणमा परेको असरहरुको बारेमा केही चर्चा गर्ने प्रयास गर्नेछु।
वर्षेनी वैशाख महिनाको बीचबाट यार्चागुम्बा पाईने डोल्पा जिल्लाका करिब २४ वटा पाटन (वन कार्यालय डोल्पा २०१०) मा मान्छेहरुको भिड लाग्नेगर्छ। त्यहाँ जाने हरेक मान्छेको मनस्थिती करिब २ महिना पाटनमै बिताउने भन्ने हुन्छ। त्यही अनुसार २ महिनासम्म पुग्ने सामल बोकेर जान्छन्। त्यसरी बोकेर लाने खानामा चाउचाउ, बिस्कुटलगायतका पतुर खानाहरु पनि अहिले बढि मात्रामा हुन्छन्। साथ साथै पछिल्लो केही वर्षदेखि यार्चागुम्बा पाईने ठाऊँ मै लोकल तथा आयातित मदिरासमेत विक्रि वितरण अत्यधिक मात्रामा हुदैँ आईरहेको छ।
यर्चागुम्बा टिप्न हिडेका सँकलकहरुले चाउचाउ बिस्कुटका खोलहरु जथाभावि फाल्दै हिड्ने अनि साथमा लगका पलाष्टिकका झोलाहरु हुन्। या त चाउचाउ बिस्कुटका खोलहरु। यार्चागुम्बा पाईने क्षेत्रमा जथाभावि फालिदिदाँ त्यहाँको अहिलेको जैविक विविधतामा त असर परेकै छ, साथ साथै भविष्यमा उम्रिने वनस्पतिमा पनि पक्कै असर गर्नेछ।
कालान्तरमा यसले यार्चागुम्बाको उत्पादनमै पक्कै असर गर्नेछ। साथै उच्च हिमाली क्षेत्रमा अनावश्यक रुपमा प्लास्टिकको थुप्रो बढदै गईरहेको छ। तसर्थ यार्चागुम्बाको उत्पादनमा ह्रास आउन नदिनका लागि पनि यसरि बातावरण प्रदुषण गर्ने कार्यलाई बन्दगर्नु हुन्। साथै यार्चागुम्बा संकलनमा हिडेकाहरुले दुनै सदरमुकाम छाडेदेखि नै दाउराका लागि रुख विरुवा कटान गर्ने प्रवृतिसमेत देखिदै आईरहेको छ।
त्यस्तै अस्थायी रुपमा बासस्थानका लागि पाल टास्न चाहिने काठ दाउराका लागि पनि रुख बिरुवा मासिने क्रम बढदो छ। र यसरी हुने रुख बिरुवा फडानीकोे प्रत्यक्ष असर चराचुरुगिंमा देखिएको छ। साथसाथै जंगल पनि पातलिदै गईरहेको छ। त्यस भेगमा पाईने वन्यजन्तुले आफ्नो बासस्थानकै लागि माथि सर्नुपर्ने अवश्थासमेत देखिएको छ।
त्यस्तै पाटनमा जाने संकलनकर्ताहरुले जथाभावि वासस्थानका लागि पाल टाँगेर बसिदिनाले त्यहाँको वातावरणीय सुन्दरतामा असर पर्न थालेको छ। त्यसरि बस्नाले जथाभावि रुपमा दिसा पिसाब गरिदिनाले वातावरणलाई थप असर पारेको छ। तसर्थ यसरि अव्यवस्थीत तरिकाले बस्नुभन्दा संकलककर्ताहरुले एउटा निश्चित ठाउँमा बस्ने व्यवस्था गरेर दिसा पिसाबका लागि अस्थायि चर्पि पनि बनाउनु पर्ने आवश्यकता छ। खुल्ला दिसा पिसाबका कारण हुने महामारि पनि कम हुने थियो। मानव जातिबाट वातावरणमा पर्ने असर पनि कमि हुने थियो।
त्यस्तै यार्चागुम्बाबाट वातावरणमा परेको अर्को असर भनेको उच्च हिमाली क्षेत्रमा पाईने वन्यजन्तुको वासस्थानमा असर पग्नु हो। यार्चागुम्बाको संकलनमा जानेले वन्यजन्तुको शिकार गर्ने प्रवृति रहँदै आईरहको छ। साथै अव्यवस्थीत अस्थायी बासस्थान तयार गरि दिनाले पनि त्यस क्षेत्रमा बस्ने बन्यजन्तुको बासस्थानमा खलल पुग्ने हुनाले पनि सँकलककर्ताहरुले व्यवस्थीत तरिकाले सबै जनाले एउटै क्षेत्रमा अस्थायी बासस्थान खडा गरिदिने हो भने वन्यजन्तुको बासस्थानमा असर पुग्ने थिएन।
साथ साथै नाउर घोरल जस्ता वन्यजन्तुको शिकार गरिदिनाले हिउँचितुवाको आहारामा कमि हुने हुनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हिउँचितुवाको आहारामासमेत प्रभाव पार्दै आईरहेको छ। यार्चागुम्बाले गर्न्दा हो भन्दा फरक नपर्ला। यसले हाम्रो समर्गका रुपमा रहेको उच्च हिमाली क्षेत्रको पर्यावरणमा अस्थिरता रउच्च हिमाली क्षेत्रका बासिन्दालगायत समग्र प्राणि जगतकै अस्तीत्वमा प्रभ्राव पार्ने देखिन्छ। तसर्थ अहिलेको पुस्ताले बेलैमा सोचेर संरक्षणमुखि कदम चाल्नु पर्छ। यदि यसो गर्न सकिएन भने पछिल्लाने पुस्तालाई हामीले व्यवस्थीत पर्यावरण हस्तान्तरण गर्न सक्ने छैनौं। यसो गर्दा न हाम्रो जीवनस्तर उस्कने छ न आउँदो पुस्ताले स्वच्छ वातावरण नै पाउने छन्।
साभार: त्रिपरा सञ्चारबाट
(लेखक डोल्पा स्थायी घर भै हाल अमेरिकामा बस्दै आएका छन्।)