काठमाडौँ। विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण मानव जातीलाई चुनौती दिँइ रहेको छ। यस घडीमा नेपाल सरकारले गत चैत ११ गतेदेखि पूर्ण रूपमा लकडाउन गरेको अवस्था छ।
सरकारले मात्र सबै क्षेत्रका प्रभावित व्यक्तिलाई ध्यान पुर्याउन नसकिरहेको अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाहरुले असजिलोमा परेका मानिसहरुलाई सहयोग गरिरहेका छन्।
यसै क्रममा कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा न ५ घर भै हाल जापानको टोक्योमा रहेका दिनेश शाही र उनकी धर्मपत्नी शाह कुमारी शाहीले जिल्लाको रास्कोट नगरपालिका र सान्नि त्रिवेणी गाउपालिकाका मजदुरहरुलाई खाद्य सामग्री प्रदान गरेकी छन्।
दम्पतिले करिब ३० जना मजदुरका लागि दुई सय २५ केजि चामल, ३२ केजि दाल, १५ लिटर तेल, १४ केजि नुनलगायत खाद्य सामग्री राहत स्वरुप प्रदान गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य तुलाराज सिम्खडा, राष्टिय युवासंघ नेपाल, अनुसाशन आयोगका केन्द्रीय सदस्य मेघराज शाही र युवा कौसल न्यौपानको पहलमा उक्त रातह प्रदान गरिएको हो।
मेघराज शाहीका अनुसार जापानको टोक्यो सिटी युनिभर्सिटीमा विद्यावारिधि (Ph.D) गरिरहेका शाहीले यस महाविपत्तिका बेला कोरोनाबाट आफू बाँचौ र अरुलाई पनि बचाउन आग्रह गरेका छन्।