पलाँता र सान्नि त्रिवेणी गाउँपालीकाद्वारा काठमाडौँमा रहेका नागरिकहरुको उद्दार



काठमाडौँ। सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ।

पछिल्लो समय कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुले केन्द्र सरकारसँगको सहकार्यमा आफ्ना नागरिकहरुको उद्दार गरिरहेका छन्।

यसै क्रममा कालिकोटको पलाँता गापा र सान्नि त्रिवेणी गाउँपालीकाले शनिबार आफ्ना नागरिकलाई उद्दार गरेका छन्।

पलाँता गापाका अध्यक्ष लक्ष्मण बमको समन्वय तथा राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बम, आरआर क्याम्पसका स्ववियू सहसचिव शिवशंकर न्यौपानेको सक्रियतामा गापाले आफ्ना ५० जना नागरिकको उद्दार गरेको छ।

न्यौपानेका अनुसार गापाले बसमा रहेका ५० जनालाई माक्स, सेतोपञ्जा, सेनिटाइजर, पानी, चाउचाउसहितको व्यववस्तथा गरेर गन्तव्य तर्फ पठाइएको छ।

त्यस्तै जिल्लाको सान्नि त्रिवेणी गापाले पनि आफ्ना करिब २ सय जना नागरिकहरुको उद्दार गरेको छ।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य मंगल शाही र अखिल क्रान्तिकारीका पूर्व केस अर्जुन विसीको सक्रियतामा पाँचवटा गाडि गन्तव्य तर्फ पठाइएको हो।

केन्द्रीय सदस्य मंगल शाहीका अनुसार गापाका ९० प्रतिशत र जिल्लाका अन्य स्थानीय तहसँगै असहजतामा परेका अन्य जिल्लाका १० प्रतिशत जति मान्छेहरु गन्तव्य तर्फ लागेका हुन्।

केन्द्र सरकारसङ्ग राष्ट्रियसभाका सदस्य जीवन बुढा, (नेपाका) कर्णाली प्रदेश कमिटी सदस्य तुलाराज सिम्खडाले नागरिकहरुको उद्दारको लागि पहल चालेका थिए। यश अघि जिल्लाका रास्कोट, तिलागुफा नपा र शुभकालिका गाउँपालिकाले पनि काठमाडौमा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेको थियो।

सरकारले गत चैत ११ गतेदेखि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर पूरै देश लकडाउनमा राखेको छ।

कोरोनाका करण विश्वमा दुई लाख मानिसहरुले ज्यान गुमाइसकेका छन्। करिब २९ लाख संक्रमित बनेका छन्। नेपालमा ४९ जना संक्रमित बनेका छन् भने १२ जना निको भएर घर फर्किएका छन्।

तस्बिर: विरिन्द्रा बम/मंगल शाही