लकडाउन खुकुलो बनेसँगै उपत्यका छाड्नेहरुको संख्या बढ्यो



काठमाडौँ। सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै उपत्यका बाहिरिनेको संख्या बढेको छ।

पछिल्लो समय कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुले केन्द्र सरकारसँगको सहकार्यमा आफ्ना नागरिकहरुको उद्दार गरिरहेका छन्। यसै क्रममा कालिकोटको पलाँता गापा र सान्नि त्रिवेणी गाउँपालीकाले शनिबार आफ्ना नागरिकलाई गन्तव्य तर्फ पठाएका छन्।

पलाँता गापाका अध्यक्ष लक्ष्मण बमको समन्वय तथा राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बम, आरआर क्याम्पसका स्ववियू सहसचिव शिवशंक न्यौपानेको सक्रियतामा गापाले ५० जना आफ्ना नागरिकको उद्दमर गरेको छ। न्यौपानेका अनुसार गापाले बसमा रहेका ५० जनालाई माक्स, सेतोपञ्जा, सेनिटाइजर, पानी, चाउचाउसहितको व्यववस्थीत तरिकाले गन्तव्य तर्फ पठाइएको छ।

गत चैत ११ गतेदेखि सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर पूरै देश लकडाउनमा राखेको छ।

तस्बिरः विरिन्द्रा बम