कोरोना भाइरसबाट करिब दुई लाखको ज्यान गयो



काठमाडौँ। सन् २०१९ को अन्त्यतिर चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको छ। विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ। अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन्। स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ। त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन्।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन्।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ। बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र पाँच हजार ७ सय २३ जनाको मृत्यु भएको छ। एजेन्सी