अध्यक्ष बमद्वारा राहत स्वरुप खाद्य सामग्री प्रदान



कैलाली। जिल्लाको लम्की चुहा नगरपालिकाका बासिन्दाहरुका लागि कालिकोट जिल्लाको पलाँता गापाका अध्यक्ष लक्ष्मण बमले राहत स्वरुप खाद्य सामग्री प्रदान गरेका छन्।

शुक्रबार कालिकोट घर भै कैलालीको उक्त नगरमा बसोबास गर्ने पलाँताका बासिन्दाहरुका लागि एक लाख मूल्य बराबरको तेल र साबुन हस्तान्तरण गरेका हुन्। अधयक्ष बमका अनुसार चौथो चरणको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरुलाई उक्त सहयोग प्रदान गरिएको हो।

खाद्य सामग्री अन्तगर्त अन्तपात भए पनि तेल, साबुन जस्ता कुराहरुको अभाव भएपछि गापा अध्यक्षले खास गरी उक्त नगरको वडा १ को थपालीपुरमा बसोबास गर्ने पालाँताबासीहरुलाई सहयोग गरेको अध्यक्ष बमको भनाईछ।