करिब हजार जना कर्णालीबासीले काठमाडौं छोडे



काठमाडौँ। चौथो चरणको लकडाउनका कारण संघीय राजधानी काठमाडौँमा रहेका कालिकोटका करिब एक हजार मानिस गतन्व्य तर्फ प्रस्तान गरेका छ्न्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं राष्ट्रियसभाका सदस्य जीवन बुढा, (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य तुलाराज सिम्खडा, अनेरास्ववियूका केन्द्रीय सदस्य तथा आराआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजुङ्ग शाही, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बम, राष्ट्रिय युवासंघ नेपाल, अनुसाशन आयोगका केन्द्रीय सदस्य मेघराज शाही, नेकपा कालिकोटका जिल्ला कमिटी सदस्य महेन्द्रबहादुर शाही, कौसल न्यौपानेलगात युवाहरुको पहल तथा सक्रियतामा कर्णालीबासीहरु गन्तव्य तर्फ प्रस्तान गरेका हु्न।

जिल्लाको राष्कोट नपाका मेयर कालिचन्द्र बराल र तिलागुफा नगरपालिका कालिकोटका मेयर रतनबहादुर शाहीको समन्वयमा क्रमश राष्कोट नपाका १२ वटा बस र तिलागुफा नपाका ६ वटा बस गरी जम्मा १८ वडा बस काठमाडौबाट राती १० बजे छुटेका छन्।

अनेरास्ववियूका केस शाहीका अनुसार सरकारले लक्डाउन केही हदसम्म खुकुलो बनाएपछि स्थानीय तहले गृह मन्त्रालयसङ्गको सहकार्यमा आफ्ना नागरिकहरुको उद्दार गरिरहेका छन्। उनले भने, ‘आज कर्णालीका करिब एक हजार जना मानिसले काठमाडौं छोडेका छन्। खासगरी कालिकोट, सुर्खेत, दैलेखलगायका जिल्लाका मानिसहरुले काठमाडौमा बस्न असजिलो महसुस गरेपछी गाडी रिजर्भ गरेर पठाईएको छ।;

त्यस्तै युवासंघका नेता मेघराज शाहीका अनुसार काठमाडौँमा रहेका मजदुर, ज्यालादार, विद्यार्थीहरु र समस्यामा परेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार मानिसहरु गन्तव्य तर्फ प्रस्तान गरेका छन्।

उनले भने, ‘स्थानीय तहको समन्वय तथा राजधानीमा बस्ने कर्णाली सांसद, युवा नेताहरु पहलमा उहाँहरुलाई गन्तव्य तर्फ पठाइएको हो। उहाँहरुको लागि बाटोमा खानेकुराहरुको समेत व्यवस्था गरिएको छ। चिउरा, चाउचाउ र पानीको व्यवस्थासहित गाडिहरु हिडेका छन्। करिब ५० हजार मूल्य बराबरको खानेकुराहरुको व्यवस्था गरिएको छ।’ त्यस्तै नरहरिनाथ गापा, पलातागापा, सान्नीत्रीवेणीलगायतका स्थानीय तहका मान्छेहरु पनि गन्तव्यतर्फ प्रस्तान गरेका छन्।