खाद्य सामग्री उपलब्ध गराउन अनेरास्ववियूद्वारा मोबाइल टोली परिचालन



काठमाडौँ। लकडाउनका कारण संघीय राजधानी काठमाडौँमा समस्यामा परेका विद्यार्थीलाई खाद्य सामग्री उपलब्ध गराउन अनेरास्ववियूले मोबाइल टोली परिचालन गरेको छ।

संगठनका संयोजक ऐन महरको नेतृत्वमा मोबाइल टोली परिचालन गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य तपेन्द्रजंग शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

उनका अनुसार एकद्वार प्राणाली मार्फत जादा भिडभाड हुने र सरकारले तय गरेको मापदण्ड मिचिने खतरा भएपछि अनेरास्ववियूले विद्यार्थीहरु बस्ने स्थानमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नेछ।

बिहीबार संगठनका संयोजक महरको नेतृत्वमा राजधानीका विभिन्न स्थानमा रहेका तीन सय ५० जना विद्यार्थीहरुलाई राहत प्रदान गरिएको छ। केही समय यता संयोजक महर विद्यार्थीहरुलाई परेको असहजतामा स्वयं आफै उपस्थित भएर खाद्य सामग्री उपलब्ध गराइ रहेका छन्।

संगठनले केस शाहीका अनुसार चौथो चरणको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुका लागि पाँच केजीका दरले चामल, एक केजी दाल र एक केजी नुन उपलब्ध गराएको हो।

यो समाचार पनि पढ्नुहोस्

अनेरास्ववियूको पहलमा ८ सय विद्यार्थीलाई खाद्य सामग्री प्रदान

अनेरास्ववियूद्वारा पाँच सय विद्यार्थीलाई खाद्य सामग्री सहयोग

तस्बिरः धनराज वास्तविक