नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो



काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका-३ मा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ। उनीहरु मध्ये ९ जना निको भइसकेका छन्।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकी हुन्।

त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ। उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ।