जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौँ। राजपा र सामाजवादी पार्टी मिलेर बनेको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

 निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो।

दुवै दलका अध्यक्षसहितका नेताहरु राजधानीको कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका थिए। बुधबार राति समाजवादी र राजपाबीच एकता भएको थियो।

एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ।