राजपा जुट र फुटको खेलमा निर्वाचन आयोग निर्णायक



काठमाडौं। समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बन्ने निश्चित भएको बेला राजपा र समाजवादी पार्टीबीच एकता भएको छ।

यादवसंगै राजपा फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेकोपछि यता राजपा र समाजवादीबीच पार्टी एकता भएको हो।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए।

राजपाबाट छुट्टीएर जाने सहमति गरेका सातजनाको नयाँ पार्टी र राजपा-समाजवादी पार्टी मिलेर बनेको (जनता समाजवादी पार्टी) मध्ये निर्वाचन आयोगमा पहिले कुन पार्टी दर्ता हुन्छ? त्यसले नयाँ सन्देश दिने देखिन्छ।